बुधबार, चैत ८, २०७९

प्रतिक्रियावादी तत्वहरु विरुद्ध एउटा क्रान्तिको आवश्यकता छ- प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २८ गते १३:२६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरी एउटा क्रान्तिको आवश्यकता रहेको बताएका छन् । शुक्रबार बुटवलमा दलित पत्रकार महासंघको प्रथम अधिवेशन उद्घाटनमा बोल्दै अध्यक्ष प्रचण्डले क्रान्ति हिंसात्मक नभइ शान्तिपूर्ण रहने बताए । उनले देशमा प्रतिगामी सलबलाएको र देशलाई अनिष्टमा धकेल्न प्रयत्न भइरहेकाे अाराेप लगाए । फेरि विद्रोह गर्नुपर्ने, फेरि हिंसामा जानुपर्ने कुरा गरेको होइन। कोहीकसैलाई भ्रम नपरोस्, हामीले लडेर स्थापित गरेका मान्यताहरु, प्रणालीहरुलाई कुनै प्रतिक्रियावादी तत्वहरुले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण ढंगले एउटा क्रान्ति गर्नुपर्छ भनेर भनेको हुँ उनले भने।

तपाइँको प्रतिक्रिया