कांग्रेसले बोलायो शिर्ष नेताको बैठक
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २८ गते १२:४७
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले् शिष नेताहरुको बैठक आव्हान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दलका शीर्ष नेताको बैठक बोलाएका हुन्। बैठक दिउँसो ३ बजेका लागि देउवा निवास बूढानीलकण्ठमा बोलाइएको छ।
‘समसामयिक विषयमा छलफल गर्न’ सिनियर नेताहरुको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सबैले कांग्रेसको भूमिका खोजिरहेका बेला कांग्रेस भने अनिर्णित देखिएको छ। बैठक त्यसै सन्दर्भमा केन्द्रित हुने बताइएको छ।