बिहीबार, चैत ९, २०७९

एमाले र जसपाबीच छलफल सकारात्मक

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २७ गते २०:३०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समावादी पार्टी (जसपा) बीचको छलफल सकारात्मक रुपमा अघि बढिरहेको छ । नेकपा एमाले र जसपाबीचकोे आज भएको छलफलमा पछिल्लो राजनीतिक परिवेश,सत्ता समिकरणक विषयमा छलफल भएको थियो ।

आजको छलपलमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री केपी ओली र जसपाका शिर्ष नेताबीच बालुवाटारमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाले आजको भेटघाट सकारात्मक बताउँदै भोलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुने जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया