मंगलबार, असोज ११, २०७९

मर्न तयार भएर केपी प्रवृत्ति माथि प्रहार गरें: दाहाल

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २७ गते १९:१८

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मर्न परेपनि तयार भएर केपी ओली प्रवृत्ति माथि प्रहार गरेको बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान तथा मर्न तयार रहेर केपी प्रवृत्ति माथि प्रहार गरेको बताए । केपी प्रवृत्तिका विरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभुति भएको उनको भनाई छ ।

अध्यक्ष दाहालले अरुसँग एकिकृत हुँदा आफ्ना साथीहरु समेत छुटेर कमजोर देखिएको भन्दै उनले आगामी दिनमा पुराना साथीहरु एकताबद्ध गरेर अगाडी बढ्ने बताए । अध्यक्ष दाहालले राजनीतिक उपलब्धी र आन्दोलनको रक्षाको निम्ति आफुले देशव्यापी अभियान चलाउने समेत बताए । दुईचार वर्ष जनताको बिचमा गएर अभियान सञ्चालन गर्ने उनको भनाई छ ।
अध्यक्ष दाहालले उमेरका कारणले आफु पछि नहट्ने पनि बताए । अझैपनि क्रान्तिमा अगाडी बढ्ने भन्दै अध्यक्ष दाहालले आफुले क्रान्तिको नेतृत्व नछाड्ने स्पष्ट पारे ।

अध्यक्ष दाहालले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीलाई आगामी केन्द्रय समितिको बैठकले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीको बारेमा विशेष निर्णय गर्ने पनि बताए ।

तपाइँको प्रतिक्रिया