बिहीबार, चैत ९, २०७९

कैलालीमा ओली पक्ष र नेपाल पक्षबीच कुटाकुट

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २६ गते १४:४५

काठमाडौं । कैलालीमा नेकपा एमाले केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्षका नेता कार्यकर्ताबीच कुटाकुट भएको छ । ओली पक्षले पार्टी कार्यालयमा प्रदेश ईन्चार्जको कार्यकक्ष बाहिर लेखराज भट्टको नेमप्लेट राखेपछि माधव नेपाल पक्षका कार्यकर्ताले नेमप्लेट हटाएका थिए । उक्त पक्षले नेकपाको सुदूरपश्चिम ईन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेट हटाएका हुन् ।

नेमप्लेट हटाएपछि ओली पक्षका कार्यकर्ता आक्रोश हुँदै झडपमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको हो । दुई पक्षबीचको कुटाकुट भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रण गर्न हमेहम्मे भएको थियो ।

तपाइँको प्रतिक्रिया