शोक प्रस्ताव पारित गरी प्रतिनिधि सभा बैठक स्थगित
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २६ गते १४:०४
काठमाडौ । संसद पुनर्थापना पछि बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरि सुरू भएको थियो।
बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने स्थगित भएको छ।