नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २६ गते १०:२५
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक घटना क्रममा केन्द्रीत हुने छ ।
बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सरकार गठन, पार्टीको आन्तरिक संगठनका विषयमा छलफल हुने बताइएको छ ।
मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष पुष्प कमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।
मंगलबार बसेको स्थायी समिति बैठक सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा मौन थियो । पछिल्लो समय नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको छ ।