महाशिवरात्री पर्वका लागि आवश्यक तयारी पुरा
काठमाडौं । महाशिवरात्री पर्वका लागि आवश्यक तयारी पुरा भएको छ । काठमाडौंमा आज पशुपती क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरी शिवरात्रीमा पशुपती दर्शका लागि लाईन व्यवस्थापन, सुरक्षा व्यवस्था, सरसफाई, जुत्ताचप्पल लगायतका तयारी भइसकेको जनाएको छ ।
कोषका अनुसार शिवरात्री पर्वका लागि भनेर दर्शनका लागि विहान ४ बजे देखि ४ वटै ढोका खुल्ला गर्ने व्यवस्था गरिएको छ । दर्शनार्थीको सुरक्षा तथा व्यवस्थापनका लागि ४ हजार स्वंमसेवक, नेपाल प्रहरी र सशत्रप्रहरी करिब ८ हजार परिचानल गरको जनाइएको छ ।
पशुपती दर्शका लागि भनेर पशुपती विकास कोषले ३ वटा लाईनको व्यवस्था गरको जनाएको छ । मित्रपार्क गौरीघाट, उमाकुण्ड दक्षिणामूती हुँदै रुद्रगाडेश्वर उतरढोकाबाट एक लाईन, जयवागेश्वरी इटापाखा भएर भुवनेश्वरीस्थित फलामे ढोका हुदैं पश्चिम ढोका तर्फ दास्रो लाइन र बत्तिसपुतली गौशाल, एरपोर्ट तीलगंगा भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडीबाट चारशिवालय पञ्चदेवल हुदै दक्षिण ढोकाबाट एक एक लाइनको व्यवस्था गरको छ । साथै कोषले कोरोना संक्रमणका कारण पशुपती दर्शका लागि आउँनेले अनिर्वाय मास्क लगाएर मात्र आउँन आग्रह समेत गरेको छ ।