मंगलबार, असोज ११, २०७९

एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई आयोगको आग्रह

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २५ गते १६:१९

काठमाडौं । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युिनस्ट पार्टी (ने कपा) खारेज गरेको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी ९ने क पा० उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको हो।

दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ । यस्तै,आयोगले सर्वोच्चको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको पनि ओली र प्रचण्डलाई जानकारी दिने भएको छ ।

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकृत दलको रुपमा रहने हो भने १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णय गराएर उपस्थित हुन आग्रह गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया