शुक्रबार, जेठ २६, २०८०

माओवादीले सरकार र संसदका सन्दर्भमा कांग्रेस र जसपासँग वार्ता गर्ने

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २५ गते १५:४२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र अर्काे प्रतिपक्ष दल जनता समाजवादी पार्टीसँग वार्ता र सम्वाद गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, आवश्यकता अनुसार एमालेसँग पनि वार्ता गरिने जानकारी दिए । साथै माओवादी केन्द्रको बैठकले यहि फागुन २९ गते केन्द्रीय कमिटीको बैठक बस्ने जनाएकाृ छ । साथै बादल आफ्नो भूमिकाबारेमा आफ्नो धारणा प्रस्तुत नगरेका कारण उनीहरुको धारणाका आधारमा पार्टीले निर्णय गर्ने समेत जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया