मंगलबार, जेठ १६, २०८०

पार्टी एकता गर्दा ढंग नपुगेकाका कारण समस्याः उपप्रधानमन्त्री पोखरेल

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २५ गते १२:४१

काठमाडौं । उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोखरेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरि पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् ।

१ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनकाे पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको बताएका हुन । विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको उनको भनाई थियो ।

आइतबारको सर्वोच्च अदालतको फैसलापछि एकीकृत पार्टीहरुको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको उल्लेख गर्दै उनले अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउने बताए ।

उनले भने “हिजो २०७५ साल जेठ ३ गते पार्टी एकता गर्दा ढंग नपुराएकै हो । त्यही ढंग नपुराएका कारण आज काँचै पल्टिएर बाहिर आयो । अब एकता गर्दा हामीले ढंग पुराएर गर्नुपर्छ । सबै थिति मिलाएर उचित तरीकाले गर्नुपर्छ । हिजो एकता गर्दा विचार, संगठन र नेतृत्वको कुरा पनि ख्याल गरिएन । पार्टी ठूलो बनाउने चुनावमा बहुमत ल्याउने भन्ने कुरा मात्रै भयो । त्यसले गर्दा यो अप्ठ्यारो प¥यो । अब सर्वोच्च अदालतको फैसलापछि नयाँ ढंगले पार्टीलाई एकतावद्ध बनाउँछौ । हिजोको जस्तो गरी राटो छोडेर, काँचोकट्मिरो राखेर एकताको कुरा हुँदैन । विचारमा खँदिलो बनाएर, संगठन राम्रो र नेतृत्वमा योग्यता क्षमता पुगेका साथीलाई स्थापित गरेर अघि बढ्नुपर्छ । ”

केही समय अगाडि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्री ओली समूहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरु पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै सबैलाई विश्वस्त हुन आग्रह गरे ।

उहाँले भन्नुभयो “नेकपा एमालेको ९औ महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बैठक हुन्छ । त्यो बैठकले अस्ति थपिनुभएका साथीहरुलाई नै फेरि थपेर विस्तारित कमिटी बनाउँछ । अब केही हुदैन । तर लय र स्टेप मिलाउनका लागि नेकपा एमालेको पहिले केन्द्रीय कमिटीको बैठक हुन्छ । केन्द्रीय नेताहरुलाई बैठकमा बोलाइन्छ । नआउने अब अन्तैतिर जान्छु भन्ने पनि निस्केलान् निस्के भने पनि कोहीवात छैन जानुहुन्छ । ”

उहाँले नेकपा एमाले सुर्य चिन्हसहित सबैलाई समेटर अगि बढ्ने बताए । छिनछिनमा सरकार बदलिने, हेरफेर भइरहने कुरा भयो भने मुलुकमा अस्थिरता पैदा हुने र त्यसले समग्र आर्थिक र विकासको गतिलाई प्रभाव पार्ने भएकाले आफुहरुले त्यसो गर्न हुँदैन भन्ने अडान राख्दा पार्टीभित्रैबाट असहयोग भएको दाबी उनले गरे । प्रधानमन्त्री केपी ओलीको नाममा भोट मागिएको र ओलीलाई नै जनताले विश्वास गरेकाले उनको विकल्प खोज्ने विषय अस्वभाविक भएको तर्क उहाँले गर्नुभयो । उनले प्रतिनिधिसभा पुनर्स्थापनासँगै मुलुकमा अस्वभाविक क्रियाकलाप हुन थालेको र त्यस्ता घिनलाग्दा काम नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रैका नेताहरुबाट भइरहेको दाबी गरे ।

उनले भने “अहिले तमासा के रे भने, आफ्नो झण्डै झण्डै दुई तिहाईको समर्थनमा सरकार छ । त्यो सरकारको प्रधानमन्त्री हटाउने अनि अर्को प्रधानमन्त्री कसलाई बनाउने भन्दा बुढानिलकण्ठ गएर कांग्रेसको सभापतिलाई प्रधानमन्त्री भइदेउ भन्ने यस्तो घिनलाग्दो काम यही कम्युनिष्ट पार्टीभित्रका नेताहरुबाट भइरहँदा यो कति निन्दनीय कुरा हो यो ? कति दुःखको कुरा हो यो । कति निन्दनीय कुरा हो यो रु त्यसकारणले अहिले जुन विग्रह पैदा भएको छ । त्यसपछाडि सप्ताको लिप्सा , ईष्या कुण्ठा, यही कारणले यी सब कुरा भएको छ ।”

उनले महिला अधिकारको विषयमा संसदमा पहिलो अगुवाई गरेर राज्यका अंगहरुमा ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर प्रस्ताव लैजाने र सफल बनाउने नेतृ वर्तमान राष्ट्रपतिलाई अपमान गर्ने काम हुनु दुखद भएको बताए ।

तपाइँको प्रतिक्रिया