सोमबार, असोज १०, २०७९

प्रधानमन्त्री ओलीलाई गगनको प्रश्न- संवैधानिक अध्यादेश ल्याएर असंवैधानिक नियुक्त गर्ने

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २५ गते १०:५९

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई झुट बोलेको संज्ञा दिएका छन् । एउटा अध्यादेश ल्याएर अर्कै काम गरेको भन्दै नेता थापाले आक्रोश व्यक्त गरेका छन् । नेत थापाले ट्विट मार्फत प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने भन्दै प्रश्न गरेका छन् । साथै त्यसको विरोध गर्दा एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने भन्दै झुट प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

एसिड आक्रमण र महिलामाथि हुने हिंसाविरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौँ भन्दै कडा जवाफ दिएका छन् ।

तपाइँको प्रतिक्रिया