दाहाल -नेपाल समूहका पूर्व एमाले एमालेमै फर्किने
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २४ गते २०:१५
काठमाडौं । दाहाल-नेपाल समूहले पनि सर्वाेच्च अदालतको निर्णय मान्ने निर्णय गरेको छ ।सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको दाहाल–नेपालसमूहको अनौपचारिक बैठकपछि वरिष्ठ नेता झलनाथ खनालले भने अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका हुन् ।
नेता खनालले भने, ‘सर्वोच्च अदालतले जुन फैसला गर्यो यो राजनीतिक फैसला हो । यसले मुलुकको राजनीतिकमा गम्भीर नकारात्मक स्थिति सिर्जना गरेको छ । तर पनि अदालतले गरेको निर्णयलाई लागू गर्छौं, । अब एमाले र माओवादी केन्द्र भइयो । त्यहीँ संघर्ष गर्छौं ।’
बैठकमा अन्य नेताहरुले पनि अदालतको फैसला अनुरुप पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने धारणा राखेको नेता खनालले बताए ।