शुक्रबार, जेठ २६, २०८०

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २४ गते १३:२८

दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ना ४ ख ९०१६ नम्बरको बसको ठक्करबाट भे ११ प ३५९७ नम्बरको मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो ।

ठक्करबाट लमही नगरपालिका८ निम्बुखुटीका ३० वर्षीय प्रकाश थापा र सोही स्थानका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया