मंगलबार, असोज ११, २०७९

कांग्रेसले ३३ प्रतिशत महिलाकाे प्रतिनिधित्व सुनिश्चता गरेको छ- देउवा

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २४ गते ७:५२

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेसले वडा तहदेखी केन्द्र सम्म महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चिता गरेको बताएका छन् । सभापति देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना दिदै उक्त कुरा बताएका हुन् ।

नेपालमा महिलाहरु अझै विभेद मुक्त हुन नसकेको बताउँदै देउवाले शहर देखि दूरदराजसम्म महिलाहरु शोषण दमन र उत्पीडनमा रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले हिंसा लोकतन्त्र र जनताको सम्प्रभुता माथिको सबैभन्दा ठूलो खतरा भ एको उल्लेख गरेका छन् । सभापति देउवाले पार्टी तथा राज्यका हरेक निकायमा महिलाको उचित प्रतिनिधित्व र सहभागीताद हुनुपर्नेमा समेत जोड दिएका छन् ।
 सभापति देउवाद्वारा जारी शुभकामना सन्देश

 

तपाइँको प्रतिक्रिया