बिहीबार, चैत ९, २०७९

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २४ गते ७:३४

काठमाडौं । दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकट गहिरिएको बेला नेकपाको दाहाल नेपाल समुहको स्थायी कमिटि बैठक आज बस्दैछ ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज बिहान ११ बजे स्थायी कमिटिको बैठक डाकिएको पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकपछि भावी रणनीति तय गरिने श्रेष्ठको भनाई छ ।

यो समुहले नेकपा नामको आधिकारिकताबारे सर्वोच्च अदालतले गरेको फैसला उपर पुनरावलोकन गर्ने बताईसकेको छ । सर्वोच्च अदालतको दल सम्बन्धी फैसला पश्चात दाहाल नेपाल समूहका प्रवक्ता नारायाणकाजी श्रेष्ठले साामाजिक सञ्जाल मार्फत यो अस्वभाविक भएको प्रतिक्रिया दिएका छन् ।

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको स्टाटस जस्ताको त्यस्तै
सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वारेमा गरेको फैसला ,त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिईनेछ ।

अहिलेलाई यति भनिहालौँ । एक ,यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहज वोध (कमन सेन्स) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ ।

यो फैसलाले रिट निबेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ । रिट निवेदकले हामी तात्कालिन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन ।रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेको छ। त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक , बेठीक जे भएपनि स्वाभाविक हुनेथियो ।तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ ।तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुध्दमा छ , राजनीतिक आग्रह प्रेरित छ , बितण्डतापूर्ण छ र गलत छ ।यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ ।

दुई , नेपालको राष्ट्रिय सार्वभौमिकता ,नेपाली जनतामा नीहित सार्वभौमसत्ता , नेपाली जनताको आत्मनिर्णयको अधिकार ,संविधान ,लोकतन्त्र ,राजनीतिक स्थिरता ,कानूनको शाषन र ब्यबस्थाको बिरुध्द बिभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्ने तर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ । त्यसैले हाम्रो पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा बक्तब्यमा थप भनेको थियो। अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराका बिरुध्द सचेत भइरहन हाम्रो पार्टी सवैलाई अपील गर्दछ ।

सर्वोच्च अदालतले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर असम्बन्धित विषयमा निर्णय दिएको आरोप समेत उसको छ ।

सर्वोच्चको फैसला राजनीतिक आग्रह प्रेरित, अस्वभाविक एवं कानूनी रुपले समेत गलत रहेकोले आफुहरुको गम्भीर असहमति रहेको दाहाल नेपाल समुहको प्रतिक्रिया छ ।

तपाइँको प्रतिक्रिया