संवैधानिक अध्यादेशको विरोध गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २३ गते १७:५६
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक अध्यादेशको विरोध गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । संसदलाई बन्धक बनाएर सरकारले संवैधानिक अध्यादेश ल्याएको भन्दै कांग्रेस सांसदहरु आ आफ्नो ठाउँबाट उठेर त्यसको विरोध जनाएका हुन् ।
कांग्रेस सांसदहरुले नारावाजी जारी राखेसँगै सभामुख अग्नी प्रसाद सापकोटाले १० मिनेटका लागि संसद वैठक स्थगित गरेका छन् । त्यस्तै दाहाल नेपाल समूहका सांसदहरुले सरकारको गैर कानूनीका गतिविधि गरेको भन्दै संसद बहिस्कार गरेका छन् ।