मंगलबार, जेठ १६, २०८०

दाहाल-नेपाल समूहद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २३ गते १७:४७

काठमाडौं । प्रतिनिधि सभा पूर्नस्थापना सँगै प्रतिनिधि सभाको बैठक शुरु भएको छ । सभामुख अग्नी प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक आव्हान गरेको पत्र पढेर सुनाएका छन् ।

 

प्रतिनिधि सभा पूर्नस्थापना पश्चात पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठक दाहाल नेपाल समूह बहिस्कार गरेका छन् । सभामुख अग्नी प्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यसूची पढेर सनाउने वित्तिकै दाहाल नेपाल समूहले बैठक बहिस्कार गर्दै बाहिरिएका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशको विरोध जनाएको छ ।उनीहरुले संसदमा अध्यादेश फिर्ता गर भन्दै नारा जुलुस समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया