बुधबार, मंसिर २१, २०७९

आफू आधिकारिक भएको दाबी गर्दै प्रचण्ड–नेपाल समूहले संसद सचिवालयमा बुझायो पत्र

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २३ गते १४:३५

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले आफूनै आधिकारिक पार्टी दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ । अध्यक्ष पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्ड , माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको नेताले संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमै पुगेर पत्र बुझाएर आधिकारिकता दाबी गरेका हुन् ।

प्रचण्ड–नेपाल समूहले दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गरिएको जानकारी पनि सचिवालयलाई दिएको छ ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सकिएलगत्तै सांसद्हरु महासचिव गौतमलाई दलको नेतामा प्रचण्डलाई चयन गरिएको र आधिकारिक पार्टी रहेको जानकारी दिन संसद् सचिवालय पुगेका थिए ।

तपाइँको प्रतिक्रिया