बिहीबार, मंसिर १५, २०७९

३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २३ गते १३:५७

काठमाडौं । नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।

सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको टर्किस एयरलाइन्सको विमान आइतबार काठमाडौं आइपुगेको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्सले कुल जनसङ्ख्याको २० प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने छ ।

नेपालमा कोरोना खोपको अभाव नहुने भन्दै सरकारले खरिद गर्ने खोप ल्याउने तयारी गरिरहेको छ । ५० लाख डोज खोप भारतसँग खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया