लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आजबाट शुरु हुँदै
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २३ गते १०:३१
काठमाडौं । लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आजबाट शुरु हुँदैछ । केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलस्थित एक होटलमा आयोजित सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच–पाँच जनाको प्रतिनिधित्व छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ । राष्ट्रिय सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागीता रहने छ ।
सम्मेलनमा केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने केन्द्रीय लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।
सम्मेलनको उपलब्धी भोलि धुलिखेलमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने पनि उनले बताए ।