सोमबार, चैत १३, २०७९

म प्रधानमन्त्रीको दौडमा छैन्- देउवा

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २२ गते ११:००

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता शेर बहादुर देउवाले आफू प्रधानमन्त्रीको दाडमा नरहेको स्पष्ट पारेका छन् । प्रतिपक्ष दलको नेता वेटिङ प्राइममिनिष्टर हो तर म यो दौडमा छैन उनले भने ।

शनिबार आफ्नै निवासमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भएपनि आफू भने प्रधानमन्त्रीको रेसमा नभएको बताए ।

नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको उनको भनाई छ। ‘यो उनीहरुको आन्तरिक कुरा हो, हामीले त्यसमा पक्ष विपक्षमा उभिदैनौं’ देउवाले भने, ‘संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभा अधिवेशन बोलाएकी छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। प्रचण्ड-नेपाल समूहले कांग्रेसको साथमा अविश्वासको प्रस्ताव ल्याउने र देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने योजना बनाएको छ। तर कांग्रेसले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।

तपाइँको प्रतिक्रिया