सोमबार, चैत १३, २०७९

साहित्यकार शाही द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मान २०७७ का लागि छनौट

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २२ गते ९:५४

काठमाडौं । द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मान २०७७ बाट बाजुराको पहिलो महिला साहित्यकार रीता शाही ९ऋतु० सम्मानित हुने भएकी छिन् । सुन्दर सुदूरपश्चिमको बाजुराबाट साहित्य,सङ्गीत र लेखनलाई निरन्तरता दिदै आएकी शाही द्वारिकादेवी ठकुरानी स्मृति राष्ट्रिय सम्मानका लागि छनौट भएकी हुन् ।

शाहीलाई जनपुस्तकालय धनगढीले आफ्नो ६४ औं वार्षिकोत्सवका अवसरमा एक विशेष समारोहकाबीच सम्मान गर्न लागेको हो । साहित्यकार शाहीलाई पुस्तकालय व्यबस्थापन समितिको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा पुरस्कार र सम्मान प्रदान गरिन लागेको पुस्तकालयका अध्यक्ष तथा साहित्यकार डा‍.टीएन जोशीले बताए।

बाजुरा जिल्लाको साविकको कोटीला गाविसमा जन्म भएकी साहित्यकार शाही सानै उमेरदेखि साहित्य एवम् संगितमा विशेष रुची राख्दै आएकी बहुप्रतिभाको धनी हुन् । उलने तीता मिठा पलहरु नामक गजल संग्रह बजारमा ल्याएकी छन् । त्यस्तै आधा दर्जन सगितमा शव्द भरेकी छन् भने आफ्नै स्वर तथा लयमा बजारमा गित समेत ल्याएकी छन् । साहित्यक र संगित र स्वास्थ्यलाई मात्र नभएर पछिल्लो पटक समाजसेवामा अहोरात्र खटिरहेकी छन् । प्राकृतिक प्रकोप,कोरोना कहरबाट प्रताडित व्यक्तिहरु मध्यनजर गर्दै साहित्यकार शाहीले विभिन्न मुलुकमा रहेका नेपालीहरुको सहयोगमा करिब ९ लाख बराबरको राहत समेत वितरण गरेकी छिन् । गा्रमिण भेगलाई नै कार्यक्षेत्र बनाउँदै आएकी शाहीले आफ्ना व्यक्तिगत इच्छा चाहानाहरुलाई तिलान्जली दिदैं साहित्य, संगित, स्वास्थ्य र समाजसेवालाई निरन्तरत साधनाको रुपमा अघि बढाइरहेकी छिन् ।

साहित्यकार शाहीलाई कैलाली जनपुस्तकालयको यही फागुन २९ गते धनगढीमा हुने ६४ औं वार्षिकोत्सव तथा साधारण सभामा उक्त पुरस्कारहरू प्रदान गरिने अध्यक्ष डा।जोशीले जानकारी दिएका छन् । साहित्यकार शाहीको नयाँ वर्षमा नयाँ कोशेली यादहरु नामक गजल संग्रह प्रकाशन हुँदैछ ।

तपाइँको प्रतिक्रिया