सोमबार, चैत १३, २०७९

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको औचित्य र महत्व

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २२ गते ९:४३

सीता ओझा-अध्यक्ष महिला अध्ययन केन्द्र 
परिवर्तनको अभियानसगँ जोडिएर विश्वमा भएका महत्त्वपूर्ण घटनाहरू मध्ये सन् १७८९ अक्टोबर ५र ६ मा पेरिसका श्रमजीवी महिलाहरूले रोटी र महंगीको विरोधमा निकै ठूलो प्रदर्शन गरेका थिए । विश्व मानचित्रमा सन १७८९ को त्यो प्रदर्शन नै महिलाहरूको विद्रोहको पहिलो र महत्त्वपूर्ण प्रदर्शन थियो । महिलाहरूको त्यसबेलाको प्रदर्शनमा फ्रान्सेली क्रान्तिको प्रभाव परेको थियो । फ्रान्सेली क्रान्तिले राष्ट्रिय जागरणका विषयमा पर्सियन महिलाहरूलाई प्रभावित पार्यो र भातृत्व,समानता र स्वतन्त्रताको माग गर्दै दरवार अगाडि प्रदर्शन गरेका थिए  । त्यो नै विश्वमा महिलाहरूले गरेको  पहिलो विरोध र प्रदर्शन थियो।

सन् १८३२ मा हल्यान्डका महिलाहरूले  श्रमसगँ जोडिएर  महिला र पुरूषविचमा भएको असमान व्यबहार, तलब भत्ताको विरोधमा आन्दोलनमा उत्रिए ।  फिलाडेल्फियामा सार्वजनिक क्षेत्र र निजि क्षेत्र१० घण्टा कामको माग राखेर गरेको आन्दोलन सफल भए पश्चात् सन् १८३५ मा बोस्टनका श्रमिक महिलाहरू १२ देखि १४ घन्टाको कारखानामा काम गर्नुपर्ने बाध्यताको विरोध गर्दै १० घन्टा काम  नियम बनाउन माग गर्दै आन्दोलनको सुरूवात गरे । माग त सफल भयो तर तात्कालिन  आर्थिक मन्दीको कारण प्राप्त  अधिकार गुम्ने अवस्था सृजना भयो र गुम्यो । सन् १८३७ देखि सन् १८४१ सम्मको अवधिसम्म परेको आर्थिक मन्दीको प्रभाव सन् १८६० सम्म रह्यो । त्यहि मन्दीको कारण देखाएर श्रमिकहरूलाई कामको घन्टा बढाएर ११ घन्टा दैनिक काम गर्नुपर्ने बाध्यात्मक अवस्था पुनः सृजना गरियो ।

सन् १८४८ देखि नै अमेरिकाका महिला श्रमिकहरूले सम्पुर्ण क्षेत्रका महिला कामदारहरूलाई ” समान अधिकार, पुरूष द्वारा गरिने शोषणको अन्त्य,समान शिक्षा,पढाउने तथा कमाउने अधिकार र समान  मताधसमानको माग गर्दै एउटा घोषणपत्र नै तयार गरे । सन् १८६४ मार्च ८ को दिन पारेर कामको समय घन्टा घटाएर ८ घन्टा मात्रै हुनुपर्ने विषयलाई उठाउदै न्युयोर्कस्थित कारखानाहरूमा  व्यापक प्रदर्शन गरे । विभिन्न मुलुकमा हुँदै आएको विरोधका साथसाथै सन् १८६४ मा अन्तर्राष्ट्रिय स्तरको श्रमिकहरूको संगठनको पनि माग राखे ।  श्रमिक संगठनको वैधानिकताले अन्तर्राष्ट्रिय श्रमिक संगठनको स्थापना भयो । श्रमिक संगठनको पहिलो अधिवेशनले महिलाहरूलाई घरभित्रको काममा मात्रै सिमित गराउने परम्पराको विरोध गर्दै  महिलालाई पेसागत काममा प्रवेश गराउने विषयलाई पास गर्यो ।

त्यस बेला सम्म वेलायतमा १ जमिनदारको  मत बराबर ५ किसानको मत चाहिन्थ्यो ।,५ पुँजीपति बराबर १५ मजदुरको मत मानिने अवस्था थियो तर महिलाको मताधिकारको ब्यवस्थाप नै थिएन । महिलाहरूलाई मानिसको रूपमा स्थान नै दिइदैन थियो । सन् १८६७ मा महिलाको मताधिकारको कुरा अमेरिकाको मेनचेस्टरमा  जोडदार रूपमा उठ्यो र  त्यसको सम्बोधन स्वरूप कार्यदल पनि बन्यो ।सो कार्यदलको सिफारिसको आधारमा  सन् १८६७ मै अमेरिकी संसदमा  महिला मताधिकारको विल दर्ता भयो ।यसरी दर्ता भएको विल अमेरिकी संसदबाट पास भएर सन् १८६८ मा संयुक्त राज्य अमेरिकाको छ वटा संघिय राज्य र अन्य धेरै शहरहरूमा आठ घन्टा कामको  कार्य अवधिलाई स्विकार गरि कानुन पनि पास भयो । यसरी व्यवस्था गरिएको कानुनी प्रावधानलाई कार्यनयन गर्न सजिलो र दबाब सृजना होस भनेर आठ घन्टा कार्य अवधि अनिवार्य लागू गर्नु पर्ने विषयलाई प्राथमिकतामा पारेर राष्ट्रिय अभियान सञ्चालन गरियो ।

त्यहि राष्ट्रिय अभियानबाट संकलन गरिएको हस्ताक्षरहरू अमेरिकी कंग्रेसमा पेस गरियो ।परिणामस्वरूप संघीय राज्यका श्रमिकहरूका लागि ८ घन्टा कामको कार्यअवधि तोकिएको छुट्टै कानुनको निर्माण गरियो । सो कानुनको कार्यान्वयन गर्न अनकनाएका र अरू बाँकी संघीय राज्यकालागि कानुन र  बनेको  कानुनको अविलम्ब कार्यान्वयनका लागि अमेरिका र क्यानाडाका श्रमिक संगठनले व्यापक विरोध प्रदर्शन  गरे ।  अमेरिकाको शिकागो शहरमा भएको सो प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपले सय भन्दा बढी सहादत भएका थिए । यस्तो निर्मम दमनको विरोधमा सन् १८८९ मा पेरिसमा श्रमिकहरूको  ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन भयो । यस सम्मेलनबाट मे १ लाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा घोषणा र श्रमिकको कामको कार्यअवधि  ८ घन्टा तोकिनु पर्ने माग राख्दै संसार भरका मजदुरले यो मागलाई आफ्नु माग बनाएर आन्दोलन गर्न आव्हान पनि गरे ।

महिला कामदार माथि  हुने श्रम शोषणको विरूद्द महिला श्रमिकहरू एक हुनु पर्दछ भन्ने मान्यता अनुरूप सन् १९९० मा महिला मताधिकारसगँ  सम्बन्धि संगठनहरूले एक हुनुपर्ने आवश्यकता महसुस गरे । अधिकारका लागि कार्यरत तर भिन्न भिन्न संगठनको निर्माण गरि फरकफरक कार्य गरिरहेका यस्ता संगठनहरूको सहकार्यले  आन्दोलित हुन र शक्ति आर्जन गर्न सकिन्छ भन्ने कुराको महसुस गरि सन् १९९० मा महिला मताधिकार सम्बन्धि अधिकारलाई प्राथमिकतामा पारेर सहकार्य गर्न तयार भए । त्यस बेला विश्वको श्रमजीवी आन्दोलन   दुई खेमामा विभाजित भइसकेको थियो ।  विभाजित हुदा आफ्ना अधिकारहरू  प्राप्ति गर्न कठिन हुन्छ भन्ने कुरा तात्कालिन महिला संगठनहरूले पहिचान गरे र पुँजीवादी,सर्वहारा सहित अन्य स्वतन्त्र रूपमा रहेका महिला संगठनहरू महिलाको मताधिकारको पक्षमा एकीकृत भएर आन्दोलित भए । फलस्वरूप सन् १८९३ महिलाले मताधिकारको अधिकार प्राप्त गरे ।

श्रमिक संगठनसगँ जोडिएकी क्लारा जेट्किन सन् १८९२ देखि  आन्दोलनमा सक्रिय भुमिकामा आइन् । क्लाराको नेतृत्वमा ” समानता ” नामक पत्रिका मार्फत महिलाहरूका अधिकारका विषयमा मागहरू राख्दै महिला श्रमिकहरूको आन्दोलन अगाडि बड्यो । सन् १८९७ मा महिलालाई उचित ज्याला र दैनिक १० घन्टा कामको माग गरियो । सन् १८८९ -१९ जुलाईको दिन पेरिसमा भएको दोस्रो अन्तर्राष्ट्रियमा क्लाराजेट्किनले महिलाहरूको समस्याहरूको बारेमा  सम्बोधन गरिन् । क्लाराले सो सम्बोधनमा महिलाको अधिकार,आमा र बच्चाको संरक्षणको अधिकारका साथै महिलाहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय क्रियाकलापमा सहभागिताको विषयमा वकालत गरिन् ।

केहि  समयपछि जर्मनको स्टुटगार्डमा महिला श्रमिकहरूको दोस्रो सम्मेलन भयो । त्यो सम्मेलनले क्लारालाई महासचिवको जिम्मेवारी दियो ।  क्लाराले महासचिवको जिम्मेवारी पाएको केही महिनापछिबाटै सन् १९०८, ८ मार्चको दिन पारेर पुनः मताधरकारको माग गर्दै सघर्ष सुरू भयो ।  सन १९०९ – ८ मार्चमा शिकागो शहरमा लाखौंलाख महिलाहरू प्रदर्शनमा उत्रिए । प्रदर्शनको विरूद्द व्यापक प्रहरी हस्तक्षेप र निर्मम दमन गरियो । झन्डै पचासौं  हजार महिलाको कत्ले आम गरियो ।  यसको विरोधमा सन १९१० मा क्लाराको नेतृत्वमा समाजवादी महिलाहरूको दोस्रो सम्मेलन डेनमार्कको कोपनहेगनमा सम्पन्न भयो । १७ वटा समाजवादी देशका श्रमिक र राजनीतिक क्षेत्रका  महिलाहरूको सहभागिता भएको सो सम्मेलनले ८ मार्चलाई  महिलाहरूको संघर्षबाट प्राप्त उपलब्धिहरूको ऐतिहासिक दिनको रूपमा घोषणा गरे ।

क्लारा जेट्किन को थिइन ?
८ मार्च अन्तर्राष्ट्रिय महिला दिवस | क्लारा जेटकिनको (सन १८५७ -१९३३ ) प्रस्तावमा पहिलो पटक सन् १९११को १८ मार्चमा यो दिवस मनाइएको थियो | यसरी हेर्दा क्लारा महिला विश्व महिला हक अधिकारको आन्दोलनकि प्रणनेता र मातामही हुन् | उनको नेतृत्वले विश्वभरका महिला अधिकार कर्मिहरूलाई संगठित हुदै अधिकारका लागि लड्न  सिकायो । महिलाको  समान अस्तित्व र सहभागीता जोडिएको हक र अधिकारलाई संघर्षको माध्यमबाट अन्तर्राष्ट्रियकरण गर्दै श्रमिक महिला दिवसको रूपमा  ८ मार्चलाई विश्वभर  स्थापना गर्यो ।

महिलाको हक अधिकारको त्यो आन्दोलन पछि लेखकहरूले महिलाको भुमिकाको विषयलाई प्राथमिकतामा पारे । सन् १८७९को डिसेम्बर २१ तारिखका दिन   प्राकासित हेनरिक इब्सेनको ‘पुतलीको घर’ भन्ने नाटक सार्वजनिभयो । महिलाको भुमिकासगँ जोडिएको यो नाटक  पहिलो पटक मन्चन भएको थियो | यो नाटकले पितृ सत्तात्मक समाजमा महिला माथिको बन्धनको बिरुद्धमा विद्रोह गरेको विषयलाई सम्बोधन गरेको थियो | एकअर्थमा यो नारीवादी विद्रोहको लेखनको  संगठित स्वरूप थियो । यश नाटकले महिलाको अधिकार स्थापित गर्ने विषयलाई स्थापित गर्न महत्त्वपूर्ण भुमिका खेल्यो ।

क्लारा जेट्किन समाजवादीधारबाट प्रतिनिधित्व गर्थिन । महिला र पुरुषविचको समानताको जब्बर पक्षपाती थिईन | उनी शोषणको आर्थिक सामाजिक आधारलाई यथा स्थितिमा राखेर महिलाको मुक्ति सम्भावना छैन र हुन्न भन्ने मान्यतामा स्पष्ट थिइन् । महिला अधिकार र सार्विक मताधिकारको  बारेमा जुझी  रहँदा उनको विश्वास थियो कि समाजवाद मात्रै यस्तो आन्दोलन हो जसले श्रमजीवी महिलाको हित गर्दछ ; यसर्थ, महिला आन्दोलनलाई विराट सामाजिक मुक्ति आन्दोलनको प्राथमिकतामा गाँस्नु पर्दछ, नारीवाद त उच्च तथा मध्यम वर्गको रक्षा कवज मात्रै हो | भन्ने मान्यताको वकालत गर्थिन ।

यसरी हेर्दा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र महिला अधिकारको विषय निकै महत्त्वपूर्ण विषय हो र छ । अधिकार कानुनी,सामाजिक वा नैतिक मुल्यमा भएको व्यक्तिको हक हो । यस्तो हक महिला र पुरूष दुबैकालागि समान अवधारणा भावनामा विकास भएर विकास हुनु पर्दछ । महिला या अन्य पहुँच बाहिरको जनसख्या कम्जोर रहेको अवस्थामा  समाज र देशको विकास हुन सक्दैन । शोषण र अन्याय रहे सम्म समाजले सामाजिक न्याय पाउन कठिन हुन्छ  । त्यसैले असमानता र विभेदको अन्त्य गरि समाजमा महिलाहरूलाई समान बनाउनका लागि राज्यले सकारात्मक भुमिका , नीति ,नियमको निर्माण र प्रभावकारी कार्यान्वयनमा ख्याल राख्नु पर्छ । यसै कुरालाई ध्यानमा राखेर आम जनसमुदायमा यस्ता सकारात्मक सोचको अवधारणा विकास गराउन र महिलाहरूको क्षमता वृद्धि गर्न विषेश कार्यक्रमका रूपमा समावेशी समानुपातिक सहभागिताको विषयलाई संविधान मै राखियो । तर पनि राज्य अन्तर्गतका दल ,दलका भातृसंगठन लगायतका सघं/संस्थाहरूले  यश  व्यवस्थालाई स्विकार्न सकेका छैनन् । यी र यस्ता कार्यक्रमहरू राज्यको तल्लो निकाय सम्म पुग्न सके भने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्व बढ्नुका साथै लैंगिक समानताका लागि समान सोंच र व्यवहारको विकास भइ  महिलाहरूको समृद्धिको आधार तयार हुन सक्ने थियो  ।  १११ औं  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना !

तपाइँको प्रतिक्रिया