आइतबार, असोज १६, २०७९

तीन बुँदे सम्झौतामा कुनै समस्या आए वार्ता मार्फत नै टुग्याउने छौं- प्रधानमन्त्री ओली

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २१ गते १५:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति क्षेत्रको प्यारामिटर धेरै माथि पुगेको बताएका छन् । त्यसको योगदानका लागि नेत्र विक्रम चन्द (विप्लव)लाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरे । उनले विप्लवको कार्यदिशा एक ऐतिहासिक भएको भन्दैं प्रशंसा गरेका छन् ।
सपनाहरुलाई पूरा गर्ने प्रवल सम्भावनाको बाटोलाई विप्लवको योगदान अतुलनिय रहेको बताए । उनले वार्ताका लागि धेरै गम्भीरताका साथ धेरै अघि थालनी गरेको बताए । प्रधानमन्त्री ओलीले ८ १० वर्ष पहिले विप्लव र आफूबीच भएको वार्ताको स्मरण गरे । विप्लव सँगको तीनवटा बुँदामा कुनै समस्या नआउने उद्घोष गरे । तीन बुँदे सहमितमा कुनै पनि समस्या आए वार्ताबाटै समस्या समाधान गर्छाै उनले भने । उनका कार्यकर्ताहरुलाई प्रकृया पूरा गरेर छोड्ने समेत बताए ।

सिके रावतलाई राष्टिय राजनीतिमा ल्याउने प्रयास गरेको स्मरण गर्दै विप्लवलाई पनि शान्तिपूर्ण तवरमा ल्याएको बताए ।

तपाइँको प्रतिक्रिया