जनमत मार्फत जनताले फैसला गर्न पाउनुपर्छ- विप्लव
काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रमचन्द (विप्लव)ले जनमत मार्फत जनताले फैसला गर्न पाउनु पर्ने बताएका छन् ।नेकपाका महासचिव नेत्र विक्रमचन्द (विप्लव)ले सरकार र नेपाल कम्युनिष्ट पार्टीबीचको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै विप्लवले तीन बुँदे सहमति पत्र सफलता पूर्वक तयार पारेकोमा वार्ता टोलीका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे ।
विभिन्न माध्यमबाट वार्ता सफल पार्ने मानवअधिकारवादी, पत्रकार, लेखक, साहित्यकारहरुलाई सम्मान गर्न चाहेको बताएका छन् ।उनले यो सहमति पश्चात लुकेको मुलुकलाई स्वाधिन र दिर्घ शान्ति स्थिरता र अहिले सम्म पूरा नभएकाले त्यसलाई पूरा गर्ने अभिप्राय रहेको ठोकुवा गरे । एउटा अध्यारो समयमा उज्यालो सपना देखेर झापाको सुखानी हत्याकाण्डमा दिवंगत पाँच जना व्यक्तिहरुलाई समेत स्मरण गरे । उनले समाजमा एक थरी उत्पीड र एक थरी शासक रहेको बताएका छन् ।
उनले आफूहरु अन्याय अत्याचार र मान्यता माथि हमला भएको अनुभुति हुँदा चुप लागेर नबस्ने र विद्रोह गर्ने बताए । उनले तीन बुँदे प्रतिवद्धतामा कम्युनिष्ट पार्टी प्रतिवद्ध रहेको भन्दै पालना गर्ने उद्घोष गरे । उनले सात साल देखि पटक पकट रुपान्तरण भएको भए पनि पूर्ण रुपमा रुपान्तरण हुन नसकेको जनाएका छन् । आफूहरु संसदीय प्रणाली देखि लिएर संविधान निर्माणका बेलाका समेत आफूहरु असन्तुष्टि रहेको बताए । उनले आफूहरुले जनमत चाहेको बताए ।
नेपाली जनताहरुले सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि भए पनि जनमत चाहेको बताए । नेता दल सबैलाई चुनेको भए पनि जनताले फैसला गर्ने अधिकार पाउनु पर्छ । जब कम्युनिष्टको विजय हुनेछ, तब मात्रै विश्वमा हतिहार र युद्धको अन्त्य हुने ठोकुवा गरे । उनले विश्वमा युद्धको अन्य गर्ने कम्युनिष्ट नै भएको बताए ।