आइतबार, चैत १२, २०७९

हस्ताक्षर समारोह सुरु हुनुअघि विप्लवले भेटे वार्ता टोलीका सदस्य

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २१ गते १४:२१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ आइपुगेका छन्। शुक्रबार बिहान नवलपरासीमा सार्वजनिक भएर प्रहरी स्कर्टिङमा काठमाडौँ आइपुगेका विप्लवले आफ्नो वार्ता टोलीका सदस्यसँग भेटेका छन् ।

हस्ताक्षर समारोह सुरु हुनुअघि उनले आफ्नो वार्ता टोलीमा रहेका खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेसँग भेट गरेका हुन् । भेटमा शुक्रबार नै हिरासतबाट रिहा भएका नेता धर्मेन्द्र वास्तोला पनि सहभागी थिए ।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच बिहीबार भएको ३ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर हुँदैछ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने समारोहमा विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमति भएको थियो।

तपाइँको प्रतिक्रिया