शुक्रबार, जेठ २६, २०८०

प्रहरीको स्कर्टिङमा विप्लव काठमाडौं आइपुगे

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २१ गते १२:४७

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) काठमाडौं आइपुगेका छन् । सरकारले विप्लवका लागि हेलिकोप्टर मार्फत काठमाडौं आउन आगह्र गरे पनि विप्लवले हेलिकोप्टर अस्विकार गरेका छन् ।

विप्लवका एक केन्द्रीय सदस्यले भने,“राति आउने कुरा थियो तर आउन सक्नुभएन । अहिले बिहान नवलपुरको देवचुलीमा रहेको सहिद परिवारलाई भेटेर काठमाडौं आउनुभएको हो । उहाँ केही बेरअघि काठमाडौं आइपुग्नुभएको छ ।”

विहिबार मात्र विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति भएको थियो । सहमति पश्चात प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव)ले आज २ बजे एउटै मञ्चबाट विस्तृत रुपमा धारणा राख्ने कार्यक्रम रहेको छ ।

दुई वर्ष यता सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएपछि उनी भूमिगत हुँदै आएका थिए । राष्ट्रिय सभाहलमा विप्लव र ओलीले साझा एजेन्डामा हस्ताक्षर गर्ने समेत जनाएको छ ।

तपाइँको प्रतिक्रिया