शुक्रबार, जेठ २६, २०८०

संविधानको धज्जी उडाउने प्रधानमन्त्री र राष्ट्रिपतिलाई पदमा बस्ने अधिकार छैन- गगन थापा

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २१ गते ११:५७

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले गुमाएको लाजको भारी संसदले नबोक्ने नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् ।

महोतरीको बर्दिवासमा आयोजित कार्यक्रममा उनले संविधानको धज्जी उडाउने प्रधानमन्त्री ओली र राष्ट्रिपति विद्यादेवी भण्डारीलाई पदमा बस्ने अधिकार नरहेको समेत जिकिर गरे । नेता थापाले प्रतिनिधिसभा मिच्ने प्रधानमन्त्रीले ससंद छिर्न लाज मान्नुपर्ने समेत बताए ।

नेता थापाले प्रधानमन्त्रीसँग मिलेर राष्ट्रपति भण्डारीले संविधानको धज्जी उडाएपनि न्यायलयले संविधानलाई बचाएको बताए ।

आफुसँग दुई तिहाइको बहुमत रहेको बताउँदै प्रधानमन्त्रीले निर्वाचन आयोगलाई धम्काइरहेको आरोप उनको छ ।

तपाइँको प्रतिक्रिया