शुक्रबार, जेठ २६, २०८०

बहराइनका राजकुमारसहित १६ जनाको टोलीले सगरमाथा आरोहण गर्ने

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २१ गते ८:२५

काठमाडौं । बहराइनका राजकुमारसहितको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ । गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली आउँदो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल आउने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

१३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदो चैत २ गते नेपाल आउने दूतावासले जनाएको छ । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने भएको छ ।

पर्यटन विभागले वसन्तयामका लागि सगरमाथा लगायत हिमाल आरोहण खुला गरेको भए पनि अहिलेसम्म कसैको पनि आवेदन परेको छैन । आउँदो वसन्तयाममा झण्डै तीन सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेको भए पनि अहिलेसम्म कसैले पनि अनुमति नलिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताए ।

अनुमति नलिए पनि कतिपय प्रक्रियामा रहेको र बहराइनका राजपरिवारका सदस्य आउने कुरा जानकारीमा आएको उनले बताए ।राजपरिवारका सदस्य आरोहणमा आउँदा यसले नेपालमा सुरक्षित पर्वतारोहण रहेको सन्देश जाने भएकाले महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

तपाइँको प्रतिक्रिया