ओली विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दै
फ्ल्यासन्युज नेपाल२०७७ फागुन २१ गते ७:४९
काठमाडौं । सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द (विप्लव) समूहलाई सरकारले प्रतिबन्ध खुला गरेको छ । विप्लव समूह र सरकारबीच भएको तीन बुँदे सहमति पश्चात विप्लव समूह माथिको प्रतिबन्ध फकुवा गरिएको हो ।
प्रतिबन्ध फुकुवा भएसँगै आज प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द (विप्लव) एउटै मञ्चबाट एक साथ सम्बोधन गर्दैन् ।दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरु आजकै कार्यक्रमबाट सार्वजनिक हुनेछन् । यस्तै, सहमतिअनुसार आजदेखि पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्ता पनि रिहा हुँदै छन् ।
सरकार र विप्लव समूहबीच दुई दिनसम्म भएको वार्तापछि सहमति भएको हो । सहमति अनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् ।