मंगलबार, जेठ १६, २०८०

‘मलाई मधेश पस्न नदिए पनि पानी चाहिँ नरोक्नु’- प्रधानमन्त्री ओली

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २० गते १६:१६

सिन्धुली। प्रधानमन्त्री केपी ओलीले मधेशमा आफूलाई पस्न नदिनेहरुलाई आफैले शिलान्यास गरेको आयोजनाबाट वितरत हुने पानी भने नरोक्न आग्रह गरेका छन् ।

बिहीबार सिन्धुलीको कुसुमटारमा सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गर्दै ओलीले भन्नुभयो, ‘मलाई मधेश पस्न नदिए पनि पानी चाहिँ नरोक्नुहोला ।’

केही मानिसले आफूलाई मधेश विरोधी भने पनि मधेशका खेतमा पानी पसाउने कामको थालनी गरेको भन्दै ओलीले भन्नुभयो, ‘केपी ओली मधेश नपसे पनि खेतमा पानी चाहिँ केपी ओलीले पसाउँछ ।’

‘मलाई तराई–मधेशमा पस्न नदिए हुन्छ । तर, पानी चाहिँ नरोक्नुहोला,’ कार्यक्रममा सँगै रहनुभएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हेर्दै उहाँनले भने ।

राष्ट्रिय गौरवको आयोजना मानिएको यस डाइभर्सनबाट प्रदेश २ का एक लाख ८५ हजार बिगाह जमीन सिँचाइ गर्ने योजना रहेको पनि उनले बताए ।

डाइभर्सनबाट अर्को १ लाख ७० हजार बिगाहा थप सिँचाइ भएपछि राजनीतिक पार्टीले नगरे पनि जनताले नै स्वागतका लागि गेट बनाउँछन् उनले भन्नुभयो ।

आयोजनाबाट ३१ मेगावाट बिजुली निकालिने छ । आयोजनाले तराई र पहाडलाई जोड्नुका साथै एउटा ठूलो कुराको जवाफ दिएको पनि उनले बताए ।

तपाइँको प्रतिक्रिया