आइतबार, चैत १२, २०७९

सरकारलाई दिएको निर्देशनमा संसदको क्रियाशीलता आवश्यक- तिमिल्सिना

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २० गते १५:५०

काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैले क्रियाशिलता देखाउनुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा राष्ट्रिय सभाको प्रभावकारिकता तथा कुटनीतिक शिष्टाचार सम्बन्धी छलफलमा उनले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय सभा बिना अवरोध सञ्चालन भएपनि विभिन्न समयमा सरकारलाई दिएको निर्देशनको कार्यान्वयन बारे अनविज्ञ हुने अवस्था हटाउनुपर्ने अध्यक्ष तिमल्सिनाको भनाई छ । राष्ट्रिय सभाको बैठक र विभिन्न समितिहरुले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति अझ बढी क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

सातौँ अधिवेशन सम्म आइपुग्दा २ सय २२ वटा बैठकहरु भएको र यस अवधिमा ४१ वटा विधेयकहरु दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेको छन । त्यस्तै २४ वटा मध्ये ८ वटा सभामा विचाराधिन, १० वटा समितिमा विचाराधिन रहेको र ६ वटा विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाबाट फिर्ता आउन बाँकी रहेका छन । राष्ट्रिय सभामा ३ वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ४ वटा ध्यानाकर्षण प्रस्ताव र १ वटा संकल्प प्रस्तावहरु दर्ता भई छलफल भएको छ ।

तपाइँको प्रतिक्रिया