बिहीबार, मंसिर १४, २०८०

रेशम चौधरी लगायतका सबै बिद्रोही राजबन्दीलाई रिहाइ गरियोस्- डा. भट्टराई

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २० गते १५:१४

काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले टिकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी लगायतका नेताहरुको रिहाईको माग गरेका छन् ।

टिकापुरमा भएको नरसंहारका मुख्य अभियुक्त मानिएका जसपाका सांसद चौधरीको रिहाईको माग गरेका हुन् । विहिबार ट्विट मार्फत डा. भट्टराईले सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य रहेको समेत उल्लेख गरेका छन् । उनले भनेका छन् , सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ१यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस् भन्दै उल्लेख गरेका छन् ।
डा. भट्टराईले संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन्न हुने बताउँदै नत्र जो होचो उसको मुखमा घोचो हुनेछ प्रतिक्रिया दिएका छन् ।

तपाइँको प्रतिक्रिया