बुधबार, मंसिर १३, २०८०

दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी दबाब दिन्छु- गौतम

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २० गते १५:०२

काठमाडौ । नेकपाका उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडी बढाउने बताएका छन् ।

बिहिबार कोरोना भाइरस विरुद्धको खोप लगाउन निजामति अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै दाहाल नेपाल र ओली समूहका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताएका हुन । एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिने सम्मको अवस्था सिर्जना गर्ने उनको भनाई छ । नेकपाका अध्यक्षद्वय दाहाल र ओली अझैपनि एकताको पक्षको नआएको गुनासो उपाध्यक्ष गौतमले गरे ।

उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागि एकता अभियानमा लाग्ने स्पष्ट पारे । पार्टी एकताको निम्ति आव्हान गर्ने नेताको पक्षमा आफु उभिनसक्ने पनि उनको भनाइ छ ।

 

तपाइँको प्रतिक्रिया