शुक्रबार, असोज २१, २०७९

एकैदिन सुन तोलामा एक हजार रुपैयाँले घट्यो

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २० गते १३:२८

काठमाडौं । सुनचाँदीको मूल्य फेरि घटेको छ। फागुन २० गते, बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेको छ। यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ।

बुधबार भने सुनको मूल्यमा बढोत्तरी भएको थियो। सो दिन सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि भएर ८७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला आज ८६ हजार ५० रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ। यस दिन चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ। अघिल्लो कारोबार दिन चाँदी २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३१५ रुपैयाँ तोकिएको थियो।

 

अन्तरराष्ट्रिय बजारमा भने सुनचाँदीको मूल्य वृद्धि भएको छ । बिहीबार सुन प्रति अउन्स ६ डलर भन्दा बढिले बढेर प्रति अउन्स एक हजार ७१५ डलरमा कारोबार हुँदैछ । चाँदीको पनि मूल्य वृद्धि भएर प्रति अउन्स २६ डलरमा किनबेच भइरहेको छ ।

तपाइँको प्रतिक्रिया