मंगलबार, मंसिर २०, २०७९

आफू पक्षका सांसदलाई अनिवार्य पेरिसडाँडा पुग्न दाहाल नेपाल समूहको ह्विप जारी

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २० गते १२:२६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहले सबै सांसदलाई पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ले क्रम बढेको अवस्थामा सो समूह पक्षले सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो ।

हिजोको स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिन सांसदहरुलाई पार्टी कार्यालय बोलाइएको नेताहरुले बताएका छन् ।

यसैबीच, दाहाल–नेपाल समूहबाट ओली समूहतर्फ गएका भनिएका सांसद गंगा चौधरी आफ्नै समूहमा रहेको पनि नेताहरुले दावी गरेका छन् ।

समूह परिवर्तन गरेका भनिएका मुगुका सांसद गोपाल वमले आफू नेकपाको दाहाल–नेपाल समूहमै रहेको बताएका छन् । हिजो एक विज्ञप्ति जारी आफू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपामै रहेको उनले बताएका हुन् ् ।

तपाइँको प्रतिक्रिया