सोमबार, चैत ६, २०७९

नेकपा विवादबारे छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

फ्ल्यासन्युज नेपाल२०७७ फागुन २० गते ८:१८

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपा आधिकारिकता विवादबारे तत्काल निर्णयमा पुग्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन आयोगलाई आग्रह गरेका हुन् ।

नेकपाको विवाद हालसम्म नटुङ्गिएको अवस्थामा पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा। अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त वक्तव्य जारी आयोगलाई यथाशीघ्र निर्णय लिन सुझाव दिएका हुन् । उनीहरूले विवाद निरुपणमा ढिलाइ हुँदा निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले आफूहरुलाई गम्भीर बनाएको बताएका छन् ।

आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन अनुरोधसमेत गरेका हुन् ।

तपाइँको प्रतिक्रिया