ओलीलाई संसदीय दलको नेताबाट हटाउने दाहाल–नेपाल स्थायी कमिटी बैठकको निर्णय
फ्ल्यासन्युज नेपाल२०७७ फागुन १९ गते १३:५३
काठमाडौं ।दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाएर नेता फेर्ने निर्णय गरेको हो । स्थायी समितिको बैठकका निर्णयलाई केन्द्रीय कमिटी बैठकमा लगिनेछ ।
स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीको स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको निर्णय अनुमोदन गरेपछि बस्ने संसदीय दलको बैठकमा दाहाल–नेपाल समितिका नेताहरूले संसदीय दलको नेता फेर्ने प्रस्ताव राख्नेछन् ।