दाहाल-नेपाल समूहकोे केन्द्रीय समिति बैठक आज बस्दै
फ्ल्यासन्युज नेपाल२०७७ फागुन १९ गते ९:५१
काठमाडौं । नेकपाको दाहाल(नेपाल समूहकोे केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकमा प्रतिनिधि सभा पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेपछि दाहाल-नेपाल समूह नयाँ सरकार गठनका लागि अन्य दलसँग समीकरण निर्माणको कोसिसमा छ ।
आजको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको छ । राजनीतिक रूपमा नेकपा विभाजित भए पनि निर्वाचन आयोगले निर्णय नगरेकाले कुन दल आधिकारिक भन्ने अन्योल कायम छ ।
आयोगमा आधिकारिकता पुष्टिका लागि आवश्यक परे कागजातसमेत पेश गर्नुपर्ने भएकाले केन्द्रीय सदस्यलाई आजको बैठकमा नागरिकता र पार्टीको परिचयपत्र बोकेर आउन भनिएको बताइएको छ ।