रुसमा विपक्षी नेतालाई बिष सेवन गराईएको बिषयमा छानबिन गर्न राष्ट्रसंघको माग
एजेन्सी । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविनको माग गरेको छ । राष्ट्रसंघका मानवअधिकार बिज्ञहरुले नाभाल्नीमाथि मानव अधिकार हनन भएको भन्दै घटनाको सत्य तथ्य बाहिर ल्याउनमा सहयोग गर्न अन्तराष्ट्रिय समुदाय संग माग गरेका हुन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको भनी आएका समाचारबारे अन्तर्राष्ट्रिय अनुसन्धान हुनुपर्ने विज्ञको भनाइ छ । नाभाल्नीलाई केही दिनअघि मस्कोदेखि करिब २ सय किलोमिटर टाढाको जेलमा सारिएको छ । उनलाई करिव तीन बर्षको जेल सजाय गरिएको छ ।
विज्ञहरूले उनलाई जेलबाट विना शर्त रिहा गर्नुपर्ने माग गरिरहेका छन् । उनलाई पक्राउ गरिएकोमा समेत अन्र्तराष्ट्रिय समुदायले विरोध गर्दै आएका छन । अघिल्लो वर्ष उनलाई साइबेरियामा रुसी एजेन्टहरुले विष प्रयोग गरेर हत्या प्रयास गरेको आरोप लाग्दै आएको छ ।। बेहोस अवस्थामै उनलाई जर्मनी लगेर उपचार गरिएको थियो । उपचारपछि स्वदेश फर्कने क्रममा उनलाई विमानस्थलवाटै पक्राउ गरिएको थियो ।