मंगलबार, जेठ १६, २०८०

आफू मारिन सक्ने खतरा रहेको प्रधानमन्त्री ओलीको दाबी

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १७ गते १७:३५

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मारिन सक्ने खतरा रहेको दाबी गरेका छन् । उनले आफ्नो ज्यान गएपनि आन्दोलन नमर्नेसमेत बताए।

पार्टीका कार्यकर्तालाई पोखरामा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले आफुमाथि सम्पूर्ण प्रहार केन्द्रित भइरहेको भन्दै ज्यान नै तलमाथि हुन सक्ने बताउनुभयो । सरकारका विकासका काम देखेर विरोधी आत्तिएको र आफूमाथि प्रहार गरिरहेको प्रधानमन्त्रीको दाबी छ । तर यस्तो आक्रमण कसले गरिरहेको छ भनेर प्रधानमन्त्रीले स्पष्ट पारेनन् ।

प्रधानमन्त्री ओलीले आफू नरहे पनि पार्टीको भविष्य अन्धकारमा जान नदिन नेता कार्यकर्तालाई आग्रह गरे । उनले प्रचण्ड–नेपाल समूहतिर लक्षित गर्दै आफूहरु अहिले अपराधिक तत्वसँग लडिरहेको समेत बताए ।

पार्टी र आन्दोलन समाप्त पार्ने षडयन्त्र भइरहेको भन्दै प्रधानमन्त्री ओलीले आफुले छाडे मुलुक खाडलमा जाने दाबी पनि गर्नुभयो ।

तपाइँको प्रतिक्रिया