बुधबार, चैत ८, २०७९

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १७ गते १२:५१

काठमाडौं । लगातार घटेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा ४ सय रुपैयाँले बढेर सुन ८८ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा सुनको भाउ ८८ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा पुगेको छ ।

तपाइँको प्रतिक्रिया