सोमबार, चैत ६, २०७९

दाहाल-नेपाल समूहद्वारा स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १७ गते ११:४२

काठमाडौं । दाहाल-नेपाल समूहको सचिवालय बैठकले स्थाायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको दाहाल- नेपाल समूहको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए ।

बैठकको मिति भने तय गरिएको छैन् । बैठकले पार्टीको आधिकारिकता सम्बन्धी विवादलाई छिटो टुङ्ग्याउन निर्वाचन आयोगलाई अनुरोध समेत गरेको ।

निर्वाचन आयोगलाई पार्टीको आधिकारिकतासम्बन्धी विवादको चाडो समाधान गर्न दाहाल-नेपाल समूहले आयोगलाई समेत अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया