गृहमन्त्री थापाले तामाङलाई स्वकिय सचिवबाट हटाए
फ्ल्यासन्युज नेपाल२०७७ फागुन १६ गते १४:०७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीयसचिव विरु तामाङलाई पदबाट निलम्बन गरेका छन् । तामाङले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै पदबाट हटाएका हुन् ।
उनी पूर्वमाओवादी लडाकू समेत रहेका तामाङ गृहमन्त्री थापाको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा कार्यरत रहेका थिए। गृहमन्त्री थापाका गोप्य सूचनाहरु प्रचण्ड र वर्षमानका लागि काम गर्न लागेको सूचना पाएपछि हटाइएको स्रोतले जनाएको छ ।
यसअघि, संसद् विघटनको निर्णयपछि गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदीले पदबाट राजीनामा दिएका थिए ।