दुर्गा प्रसाईको अस्पाल र पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक पार्कको उदघाटनका लागि उनी झापा जान लागेका हुन् ।
उनले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । उनले दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उदघाटन गर्नेछन् ।
त्यस्तै यस्तै गौरादह, दमक र कमलमा दुई हजार दुई सय विगाहमा बन्ने चीन नेपाल मैत्रिपूर्ण औद्योगिक पार्कको पनि प्रधानमन्त्रीले शिलान्यास गर्ने छन् ।
कार्यक्रमपछि प्रधानमन्त्रीले त्यहाँ आयोजना गरिने सभालाई समेत सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री ओली को आगामी १८ र २१ गते झापा जाने कार्यक्रम रहेको छ ।
१८ गते व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्ने र २१ गते सुखानी शहीद स्मृति दिवसका अवसरमा बिर्तामोडमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम नेकपा झापाले तय गरेको छ ।