बिहीबार, असोज २०, २०७९

आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य छैन- पूर्व राजा शाह

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १६ गते १०:०१

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीति कार्यशैली प्रति आक्रोश व्यक्त गरेका छन् । पछिल्लो राजनीतिलाई नजिकबाट नियालिरहेका पूर्व राजा शाहले नेता र नेतृत्वको कार्यशैली निकै खेद जनक भएको उल्लेख गरेका छन् ।

आइतबार बिहान ट्विट गर्दै पूर्व राजा शाहलेआफैंले बनाएको संविधान अनि त्यसको मूल मर्ममा प्रहार गरी अट्टाहास गर्ने कुण्ठित मानसिकताका केही नेतागण तथा शासन प्रणालीमा हावी भएको उल्लेख गर्दै छुद्र मानसिकता सहितका व्यक्तित्वहरू देशका शत्रु भएको उल्लेख गरेका छन् ।

उनले अरूको सुविधाको लागि मातृतुल्य आफ्नो मुलुकका आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य नभएको समेत स्पष्ट पारेका छन् ।

तपाइँको प्रतिक्रिया