बिहीबार, असोज २०, २०७९

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो – नेपाल

फ्ल्यासन्युज नेपाल२०७७ फागुन १५ गते २०:२६

काठमाडौं । नेकपा दाहाल नेपाल समूहका अध्यक्ष माधव नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्दै वामदेव गौतम अहिले ओलीलाई सुधार्ने कोशिसमा लाग्दा आफूलाई आश्चर्य लागेको बताएका छन् ।

कुनैबेला स्थायी समिति बैठकमा ४० मिनेट बोलेर ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको स्मरण गर्दै नेपालले अहिले फेरी ओलीलाई सुधार्न कोशिस गरिरहनु भएकोमा आफूलाई आश्चर्य लागेको बताए ।

अध्यक्ष नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे । ओलीका मानिसहरुको आँखामा बाम लगाएर निकालेको आँशुको कुनै अर्थ नभएको भन्दै नेपालले आन्दोलनमा सहभागि भएकाहरुलाई साथमा लिएर संयुक्त सरकार बनाउने बताए ।

बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फुर्तिका साथ देशभर दौडिरहेको भन्दै अध्यक्ष नेपालले यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको बताए ।

तपाइँको प्रतिक्रिया