विप्लवका तीन कार्यकर्ता पक्राउ
फ्ल्यासन्युज नेपाल२०७७ फागुन १५ गते १५:२८
काठमाडौं । नेत्र विक्रम चन्द समूहका तीन जना कार्यकर्ता पक्राउ परेका छन् । शनिबार बिहान सप्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्ता पक्राउ परेका हुन् ।
उनीहरुलाई खडक नगरपालिकाका रामनाथ मण्डल, राजविराजका उदयनाथ मण्डल र विष्णुपुरका रामकृष्ण मण्डललाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख, एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
केही समययता व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधीहरुसँग चन्दा माग्ने, धम्काउने लगायत गैरकानुनी गतिविधि गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको एसपी धमलाले बताए। प्रहरीले उनीहरुबाट विप्लव समूहका केहि कागजात पनि बरामद गरेको छ ।