ओली आइम द स्टेट, श्री ३ महाराजजस्तै-प्रचण्ड
काठमाडौं । दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओली बेइमानी भएको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘माधव समूहलाई चार जिल्लामा सीमित पार्ने र त्यसपछि प्रचण्डलाई पनि ‘कच्याककुचुक’ पार्न सकिहालिन्छ भन्ने केपी ओलीको योजना बुझ्न मलाई एक महिना पनि लागेन’, । उनले भने, ‘जेठमा एकता भयो असार नसकिँदै कस्तो बेइमान मानिसको फेला परिएछ भन्ने कुरा मैले बुझिसकेको थिएँ।’
पार्टीको अध्यक्ष पालो पालो हुने सहमतिलाई ओलीले एक दिन पनि नमानेको उनले बताए। सहमति भनेको तोड्नकै लागि हो भन्ने नीति ओलीले अपनाउने गरेको प्रचण्डले बताए।
उनले केपी ओलीले आफूलाई महाराजधिराज ठान्न थालेको बताए। बैठक, बहस पटक्कै मन नपराउने, नेतृत्वमा पुग्न जस्तो पनि सम्झौता गर्ने तर कार्यान्नयन नगर्ने परिपाटी ओलीमा रहेको उनले बताए। यस्तो बेइमानी सामन्तमा मात्रै हुने गरेको प्रचण्डको भनाइ छ।
‘सहमति लागु नगर्ने, राजनीतिक प्रतिवेदनको कुरा लागु नगर्ने, उहाँ त एक्लै आइम द स्टेट, श्री ३ महाराजजस्तै’, प्रचण्डले भने।